विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

  बुधबार ३०, साउन २०८१ १६:४९

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताएका छन् । प्रदेश सभामा आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ । 

मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको जनाउँदै बजेटको समस्या पनि चाँडै निकास दिने प्रयासमा प्रदेश सरकार रहेको उल्लेख गरे । “विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउँछौँ”, उनले भने । 

मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाए । उनले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उल्लेख गरे । मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

clock बुधबार ३०, साउन २०८१ १६:४९

प्रतिक्रिया