आज यी प्रदेशमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

  बुधबार ३०, साउन २०८१ ०७:३०

काठमाडौं । आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा भए पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा भने मुसलधारै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बिहानको बुलेटिनमा उल्लेख गरेको छ।

विभागका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै आज राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने जोखिमबाट जोगिन विभागले सबैमा आग्रह गरेको छ ।  

clock बुधबार ३०, साउन २०८१ ०७:३०

प्रतिक्रिया