अत्तरियामा रहेको अपि–सैपाल सहकारीकी बिना करोडौं रुपैयाँ उठाएर फरार

  सोमबार २८, साउन २०८१ १७:३०

धनगढी । कैलालीको अत्तरियामा रहेको अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत एक महिला फरार भएकी छन्। 

सहकारीमा एक करिब १२ वर्षदेखि बजार प्रतिनिधिको रुपमा कार्यरत बिना चौधरी (योगी) एक दर्जनभन्दा बढी व्यक्ति तथा व्यापारीबाट पैसा उठाए फरार भएकी हुन्।

झण्डै तीन करोड रुपैयाँ उठाएर उनी फरार भएको भन्दै बचतकर्ताहरुले कारबाहीको माग गरेका छन्। उनी करिब एक महिनादेखि सम्पर्कविहीन छन्।

उता अपि–सैपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललित रोकायाले बिना सहकारीकै ५/७ लाख रुपैयाँ लगेर फरार भएको बताए। उनले यो विषयमा प्रहरीलाई जानकारी गराइसकिएको बताएका छन्।

clock सोमबार २८, साउन २०८१ १७:३०

प्रतिक्रिया