कैलालीबाट वन र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

  सोमबार २८, साउन २०८१ ०९:५३

धनगढी । कैलालीबाट वन र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

वन मुद्दामा ६ हजार ९ सय जरिवाना तोकिएको टीकापुर नगरपालिका–५ बस्ने ३५ वर्षीय झपटसिह बिक र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने ४८ वर्षीय भक्तबहादुर बुढामगर सोमवार पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ। 

clock सोमबार २८, साउन २०८१ ०९:५३

प्रतिक्रिया