वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

  आइतबार २७, साउन २०८१ १४:०२

धनगढी । सुदूरपश्चिमको बझाङ र बैतडी जोड्ने जयपृथ्वी राजमार्ग वर्षाका कारण अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

प्रहरीका अनुसार बैतडीस्थित ढोल्यामोड क्षेत्रमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको हो।

अहिले अवरुद्ध राजमार्गमा सवारी र यात्रु अलपत्र परेका छन्।

clock आइतबार २७, साउन २०८१ १४:०२

प्रतिक्रिया