देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिम सहित यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

  आइतबार २७, साउन २०८१ ०६:३३

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ ।

आज बिहान बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ।  राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ।

clock आइतबार २७, साउन २०८१ ०६:३३

प्रतिक्रिया