दार्चुलामा नगदसहित ६ जना जुवाडे पक्राउ

  शनिबार २६, साउन २०८१ ०९:१२

दार्चुला । दार्चुलामा नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको दुँहु गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खंलगा तिंकरखेडामा ३० वर्षीय जनक बडालले सञ्चालन गरेको बडाल फास्टफुडको चौथो तल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

बडालसहित ६ जनालाई नगद १ लाख २४ हजार ८८० र २ गड्डी ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

clock शनिबार २६, साउन २०८१ ०९:१२

प्रतिक्रिया