बैतडीका आचार्य कृष्ण दमाइले गरे पशुपति कोटीहोम महायज्ञमा प्रवचन

  शनिबार २६, साउन २०८१ ०७:४५

काठमाण्डौ । पशुपति परिसरमा चलिरहेको कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले हिजो प्रवचन दिनुभएको हो । उहाँले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको बताउनुभयो ।

दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा कोटीहोममा थप बल पुगेको उहाँले बताउनुभयो । सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने उहाँको भनाइ छ ।

मानव सेवा फाउण्डेशनले आयोजना गरेको कोटीहोम महायज्ञमा अहिलेसम्म २५ लाखभन्दा धेरै भक्तजनहरु सहभागी भएका छन् । एक महिना अर्थात् साउनभर चल्ने कोटीहोममा दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको आयोजकले जनाएको छ ।

clock शनिबार २६, साउन २०८१ ०७:४५

प्रतिक्रिया