गोदावरी खमौरामा सवा २ लाख लिटर क्षमताको खानेपानी आयोजनाको शिलान्यास

  शुक्रबार २५, साउन २०८१ १६:०५

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को खमौरामा खानेपानी आयोजनाको शिलान्यास भएको छ। एक घर, एक धाराू भन्ने उद्देश्यका साथ शुक्रवार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले खानेपानी ट्याङ्कीको शिलान्यास गरेका हुन्।

शिलान्यास पश्चात् नगर प्रमुख भट्टले  गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन  गइरहेको खानेपानी ट्याङ्की प्रदेश र स्थानीय सरकारको साझेदारी बन्न लागेको पहिलो योजना रहेको बताए।

उनले वडा नम्बर १० वासीको घर-घरमा २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँच पुगाउने बताएका छन्। खानेपानी आयोजनाबाट करिब एक हजार १२९ घरधुरीको शुद्ध पानीमा पहुँच विस्तार हुने नगरपालिकाले जनाएको छ। 

नगरपलिकाले बृहत खानेपानी आयोजना अन्तर्गत ५ करोड २० लाख ३२ हजार ३ सय १ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गर्न धनगढीको एमएसएलबी एन्ड जय श्री बालाजी जेभीसँग निर्माण सम्झौता भएको हो।

clock शुक्रबार २५, साउन २०८१ १६:०५

प्रतिक्रिया