धनगढी गाउँ–घुइयाघाट सडक जीर्ण

  शुक्रबार २५, साउन २०८१ १५:५५

धनगढी । धनगढी उपमहानगरपालिकाको धनगढी गाउँ–घुइयाघाट जोड्ने सडक जीर्ण बनेको छ । भत्केको कैयौं वर्षसम्म पुनर्निर्माण नगरिएपछि सडक जीर्ण बनेको हो । सडक भत्केर हिँडडुल गर्न समस्या भएको छ । यसैगरी, विभिन्न ठाउँमा खाल्टाखुल्टी भएर पानी जम्ने गरेको छ ।

धनगढी गाउँ–घुइयाघाट सडक हिँड्न नहुने भएको स्थानीय भावनाथ चौधरीले बताए । उनले आउजाउका लागि बनाइएको सडकमा हिँडडुल गर्न समस्या रहेको उल्लेख गरे । 

सडकको खाल्टामा पानी जमेर समस्या हुन थालेपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले खाल्टामा नाममात्रको ग्राभेल हालेको छ । खाल्टामा अपुग ग्राभेल हालेपछि बाटाको अवस्थामा केही सुधार नभएको स्थानीय सुरज रानाले गुनासो गरे ।

सडकको धनगढी गाउँमा हरिशचन्द्र चौधरीको काँटादेखि पाउरोटी भट्टासम्म करिब नौ मिटर खण्डको ठेक्का भइसकेको वडा नम्बर ८ का वडाध्यक्ष जुगराम चौधरीले बताए । उनले केही दिनभित्रै ठेकेदारले काम थाल्ने बताए ।

clock शुक्रबार २५, साउन २०८१ १५:५५

प्रतिक्रिया