केलालीको अत्तरियामा मध्यराती किशोरी माथी सामुहिक बलत्कार, एक पक्राउ चार जना फरार
धनगढी । कैलालीको अत्तरियामा एक किशोरी सामुहिक करणीको सिकार बनेकी छन्। गोदावरी नगरपालिका–३ घर भएकी किशोरी मध्यरातमा सामुहिक करणीको सिकार बनेकी हुन्। जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापा भने पक्राउ परेका छन्। अन्य चार जना फरार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। ‘घटनामा संलग्न मुख्य दाषी पक्राउ परिसकेका छन्।
ती घटनामा जोडिएका चार जना फरार छन्। उनीहरु सबै उमेर पुगेकै केटाहरु भएको खुलेको छ।’ साउन ९ गते राति गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।
थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेको खुलेको छ। परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाएका थिए। लक्ष्मीलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका–१० को मालाखेती जंगलमा पुगाएका थिए। थापाले सोही स्थानमा आफ्ना चार जना साथिहरुलाई समेत बोलाएका थिए।
थापासहित उनका अन्य साथिहरुले मालाखेती जंगलमा लक्ष्मीलाई सामूहिक करणी गरेपछि पुनः घरमै ल्याएर छोडेको समेत खुलेको छ। लक्ष्मीले आफूमाथि सामूहिक करणी गर्ने कसैलाई पनि चिनेकी थिइनन्। जबरजस्ती करणीपछि थापाले पनि फेसबुकबाट ब्लक गरेका थिए। पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले लक्ष्मीसँग कुराकानी गरेको फेक एकाउन्टको इमेल पहिचान गरी थापालाई पक्राउ गर्न सफल भएको डीएसपी थापाले बताए। पक्राउ परेका पदमलाई अहिले मालाखेती प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने काम भइरहेको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया