सेती अस्पतालको क्यान्टिनमा भेटियो अखाद्य म:म:, मासु अनी दुध

  शुक्रबार २५, साउन २०८१ ०६:३४

धनगढी । सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालयको सयुंक्त अनुगमनका क्रममा सेती अस्पतालको क्यान्टिनमा कैफियत भेटिएको हो । 

अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिजमा मासु र दुध राखेको पाइएको छ । अनुगमन समितिका सदस्य रमेश मल्लले यसरी दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिदा रिएक्सन हुने जोखिम रहेको बताए । यस्तो मासु र दुध सेवनले मानविय स्वस्थ्यमा गम्भिर समस्या आउने उनको भनाई छ ।

सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मस् मस्, ३ किलो कलर हालेको अचार, ३ किलो चिकेन र १० लिटर दुध बरामद गरी नस्ट गरिएको हो ।

धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना सहित सहभागी अनुगमन समितिले अस्पतालको क्यान्टिनलाई दुई हजार जरिवाना गराएको छ । यसका साथै फेरी यस्ता गल्ती नगर्न चेतावनी दिइएको अनुगमन समिति सदस्य मल्लले बताए ।

clock शुक्रबार २५, साउन २०८१ ०६:३४

प्रतिक्रिया