कस्तो रहनेछ आज सुदूरपश्चिम सहित देशभरीको मौसम ?

  बिहिबार २४, साउन २०८१ ०६:२७

धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ । 

आज राति देशभर  आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी ,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

clock बिहिबार २४, साउन २०८१ ०६:२७

प्रतिक्रिया