बैतडीका लागि उडेको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण

  बुधबार २३, साउन २०८१ २०:४८

नेपालगन्ज । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन-एनयू हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका-१ भम्कामा आकस्मिक अवतरण गरेको छ ।

दुई भारतीय यात्रु लिएर उडेको हेलिकप्टर खराब मौसमका कारण  बैतडीतर्फ जान नसक्ने भएपछि बुधबार अपराह्न यहाँ अवतरण गरेको हो ।

नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको सो हेलिकप्टर नेपालगन्ज नपुग्दै मौसम खराब भएका कारण अपराह्न ४ बजेर ४० मिनेटमा राप्ती सोनारीको भम्कामा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गणका एसपी विमल डाँगीले जानकारी दिए । 

अहिले राप्ती सोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको हेलिकप्टरलाई मौसम सफा भएपछि बिहीबार गन्तव्यतर्फ पठाइने उनले बताए ।

clock बुधबार २३, साउन २०८१ २०:४८

प्रतिक्रिया