भारतिया सिमामा रहेका स्तम्भ कटानको जोखिममा

  मङ्गलबार २२, साउन २०८१ ११:१२

धनगढी । धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदी पारि रहेको ७५०र२ नम्बरको सहायक पिल्लर कटानको जोखिममा परेको छ । जमिन कटान गर्दै मोहना नदी पिल्लर नजिक पुगेपछि जोखिम बढेको हो ।

कटानको उच्च जोखिममा परेको सहायक पिल्लरलाई बोराको अस्थायी तटबन्ध बनाएर मुस्किलले जोगाएको सशस्त्र प्रहरी उपरीक्षक बलबहादुर पाण्डेयले बताए ।

उनले सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले मिलेर कटानको जोखिममा रहेको पिल्लर वरिपरि बोरा हालेको जानकारी दिए । “हामीले बडो मिहिनेत गरेर कटान हुनबाट पिल्लर जोगाएका छौँ”, उनले भने।

clock मङ्गलबार २२, साउन २०८१ ११:१२

प्रतिक्रिया