कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएकी हिराको परिवारलाई किरिया खर्च

  सोमबार २१, साउन २०८१ ०७:५८

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएपछि उनको परिवारलाई किरिया खर्च हस्तान्तरण गरिएको छ। 

हिमालयन मध्यवर्ती उपभोक्ता समितिले बाघको आक्रमणबाट ज्यान गुमाएकी शाहको परिवारलाई तत्काल राहतस्वरूप एक लाख रुपैयाँ काजक्रिया खर्चबापत् हस्तान्तरण गरेको हो।

यो रकम समितिमा स्थापना भएको तत्काल राहत उपलब्ध गराउने कोषबाट प्रदान गरिएको हो।

बिहीबार बिहान घाँस काटिरहेकी शाहमाथि बाघले आक्रमण गर्दा उनको ज्यान गएको थियो। बाघको आक्रमणबाट भएको यो दुःखद घटनाले स्थानीयवासीहरुमा त्रास फैलिएको छ।

clock सोमबार २१, साउन २०८१ ०७:५८

प्रतिक्रिया