धनगढीमा डुबेर युवकको मृत्यु

  शनिबार १९, साउन २०८१ २१:४६

कैलाली । धनगढीमा खोलामा डुबेर आज एक जना युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का  २६ वर्षीय स्थानीय पङ्कज लाभको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार मृतक लाभ धनगढी–१ वसन्तटोल र वडा नं ८ धनगढीगाउँको बीचबाट बग्ने नवदुर्गा खोलामा हामफाली बेपत्ता भएको र खोजतलासका क्रममा दुई सय मिटर टाढा मृतावस्थामा फेला परेका थिए । निजको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

clock शनिबार १९, साउन २०८१ २१:४६

प्रतिक्रिया