कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दियाको उद्धार केन्द्रमा

  शनिबार १९, साउन २०८१ ११:४९
बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको खोरमा राखिएको समस्याग्रस्त बाघ ।

बर्दिया । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको घाइते बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुरको उद्धार केन्द्रमा राखिएको छ । शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको उक्त बाघ राति उद्धार केन्द्रमा राखिएको हो । 

बिहीबार बिहान आफ्नै बारीमा घाँस काटिरहेकी २६ वर्षीया हिरादेवी शाहलाई उक्त बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।

५ वटा हात्तीसहित प्राविधिक टोलीले शुक्रबार उक्त बाघलाई नियन्त्रणमा लिएको हो । प्राविधिक टोलीले बाघलाई डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिएको थियो । बर्दिया निकुञ्जका संरक्षण अधिकृत प्रविण पौडेलले रम्मापुर उद्धार केन्द्रमा शुक्लाफाँटा आरक्षबाट ल्याइएको बाघ भाले भएको बताए ।

दुई वटा बाघका लागि बनाइएको केन्द्रमा एक समस्याग्रस्त पोथी पनि राखिएको छ । यसैगरी बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको उद्धार केन्द्रमा दुई वटा समस्याग्रस्त भाले बाघ रहेको संरक्षण अधिकृत पौडेलले जनाए ।

clock शनिबार १९, साउन २०८१ ११:४९

प्रतिक्रिया