कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु

  शुक्रबार १८, साउन २०८१ १८:०३

धनगढी । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–८ मटयारीका ११ वर्षीय राज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई सुतेका बेला सर्पले डसेको थियो। सर्पले डसेर घाइते भएका नेपालीको उपचारकाक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
 

clock शुक्रबार १८, साउन २०८१ १८:०३

प्रतिक्रिया