धनगढी उड्दा श्री एयरकी होस्टेज माथि दुर्व्यवहार गरेपछि......

  बुधबार १६, साउन २०८१ १२:१६

धनगढी । धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको विमान उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै एक युवकलाई पक्राउ गरिएको छ। हिजो (मंगलबार) बेलुका उनलाई नियन्त्रणमा लिइएको हो।

विमानस्थल प्रहरी स्रोतका अनुसार मंगलबार साँझ ४ बजेको श्री एयरलाइन्स काठमाडौं–धनगढी उडान नम्बर २२५ मा एयर होस्टेजमाथि दुर्व्यवहार भएको हो। एयर होस्टेज बस्ने स्थान नजिकैको सीटमा परेका कैलालीको गोदावरी नगरपालिका– १ का शिवराज ओझाले एयर होस्टेजलाई अभद्र व्यवहार गरेको बताइन्छ।

स्रोतका अनुसार उनले होस्टेजतिर आफ्नो खुट्टाहरु तानेका थिए। त्यसपछि होस्टेजले क्याप्टेनलाई रिपोर्ट गर्दै क्याप्टेनले प्रहरीलाई धनगढी अवतरण भएलगत्तै रिपोर्ट गरेपछि शिवराजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ज

हाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए। उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ। काठमाडौंबाट ढिलो गरि उडेको श्रीएयरको विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेको थियोे।

अहिले एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा शिवराजलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

clock बुधबार १६, साउन २०८१ १२:१६

प्रतिक्रिया