सुत्केरी बिदा ६ महिनासम्म दिने सरकारको तयारी
काठमाडौं । सरकारले सुत्केरीलाई ६ महिना सम्म बिदा दिने तयारी गरेको छ । अहिले सम्म ९८ दिन सुत्केरी बिदा पाइने गरेको भएपनि अव भने ६ महिनाको तयारी चलेको छ ।
स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएकाले थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ ।
उक्त ऐन संशोधन ड्राफ्ट करिब दुई हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालय गइसकेको छ । संशोधित ऐन कार्यान्वयनमा आएमा सरकारी तथा निजी कार्यालयमा कार्यरत सबै महिलाहरुले सुत्केरी विदा बापत ६ महिना विदा पाउनेछन् ।
परिवार कल्याण महाशाखा अन्तर्गतको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी श्रेष्ठ पछिल्ला वर्षमा अधिकांश महिला घरबाहिर नै काम गर्न जाने हुँदा पर्याप्त मात्रामा बालबालिकालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गइरहेको बताउँछिन् । सरकारले महिलालाई आवश्यक विदा दिएको अवस्थामा स्तनपानको दर बढ्ने आंकलन गरिएको छ ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया