कञ्चनपुरमा ढुङ्गासहित ट्याक्टर नियन्त्रणमा

  मङ्गलबार १५, साउन २०८१ ०९:०५

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले ढुङ्गासहित ट्याक्टर नियन्त्रणमा लिएको छ।

जिल्लाको वेदकोट नगरपालिका–३ भम्का स्थित छेला खोलाबाट वेदकोट नगरपालिका–४ बगुन बस्ने ३० वर्षीय रोहित लुहारले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४३५० नम्बरको ट्याक्टरलाई अबैध रुपमा ढुङ्गा ढुवानी गरिरहेको अवस्थामा सोमवार अस्थाई प्रहरी बिट दैजीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

उक्त ट्याक्टरलाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वेदकोट नगरपालिकाको कार्यालयमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

clock मङ्गलबार १५, साउन २०८१ ०९:०५

प्रतिक्रिया