होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रेग्मी चयन
कञ्चनपुर । होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र रेग्मी सर्वसम्मत चयन भएका छन्। शनिवार महेन्द्रनगरमा सम्पन्न संघको २७औँ वार्षिक साधारण सभा तथा १६औँ जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा केशव सिंह जोरा, प्रशासन उपाध्यक्षमा आत्माराम खनाल र पर्यटन उपाध्यक्षमा कैलाश कार्कीपनि सर्वसम्मत चयन भएका छन्। महासचिवमा नवराज जोशी, सचिवमा डम्बर बहादुर खड्का, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भएका छन्।
सदस्यहरूमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धन बहादुर रावत, गौरव भट्ट, सञ्जय कुमार भट्ट, रमेश बहादुर रावल र तपेन्द्र कुमार रोकायालाई सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत शिवराज पाण्डेयले जानकारी दिए।
निवर्तमान अध्यक्ष दोस्रो वरियता क्रममा हुने व्यवस्था अनुसार निवर्तमान अध्यक्ष जगदीशचन्द्र भट्ट पनि कार्यसमितिमा रहनेछन् ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                        
प्रतिक्रिया