विपद्लाई नजरअन्दाज गरेर सुदूरपश्चिममा सरकार लम्ब्याउने खेल भयो : रावल

  सोमबार १४, साउन २०८१ ०७:१९

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशमा ठूलो प्राकृतिक विपद् आउँदा सरकार मूकदर्शक बनेको आरोप लगाएका छन्। 

विशेष अधिवेशनअन्तर्गत आइतबार बसेको प्रदेश सभाको दोस्रो बैठकमा बोल्दै रावलले प्रदेश सरकार विपद्को पूर्व तयारी, राहत र उद्धार कार्यमा चुकेको टिप्पणी गरेका हुन। 

विपद्को समयमा सरकार मूकदर्शक बनेर सत्ता जोगाउने खेलमा मात्रै लागेको उनको भनाइ छ। 

‘बाढी पहिरोले बाटोघाटो बन्द छन्। किसानको बालीनालीमा क्षति पुगेको छ । कतिपय परिवार विस्थापित बनेका छन्,’ उनले भने, ‘प्रदेश सरकारले विपद्को पूर्व तयारी गर्न सकेन। यसपटक भीषण वर्षा हुने संकेतलाई नजर अन्दाज गरेर सरकारले आफ्नो अकर्मण्यता प्रकट ग¥यो।’

विपद्पछिको राहत र उद्धारमा पनि मूकदर्शक बनिरहेको सरकारले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने उनले बताए। अल्पमतमा रहेको सुदूरपश्चिम सरकारले कुर्सी मात्रै ओगटेर बसेको उनको आरोप छ।
एक महिना बित्नै लाग्दा पनि बाढी तथा डुबान प्रभावित क्षेत्रमा सरकारको उपस्थिति नभएको रावलको भनाइ थियो।

clock सोमबार १४, साउन २०८१ ०७:१९

प्रतिक्रिया