बिरगञ्जबाट धनगढी आएको ट्रकमा शव भेटियो

  आइतबार १३, साउन २०८१ १८:५७

धनगढी । धनगढीमा मालवाहक ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ । बिरगञ्जबाट आएको सुपप्र ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले आइतबार दिउँसो सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको जानकारी दिए ।

उनकाअनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरु तीन जना फलामको रड र प्लाष्टिकको बोरा बोकेको ट्रक बिरगञ्जमा लोड गरेर धनगढीका लागि हिडेका थिए । उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएका छन् ।

पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

clock आइतबार १३, साउन २०८१ १८:५७

प्रतिक्रिया