भजनीमा सालको रूखमा मोटरसाईकल ठोक्किदा दुई जना गम्भीर घाइते

  आइतबार १३, साउन २०८१ ०७:३६

धनगढी । कैलालीमा सालको रूखमा मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

शनिबार राति ८ बजेतिर भजनी नगरपालिका– ९ स्थित सुखड–भजनी सडकखण्डमा पश्चिमबाट उत्तरतर्फ गइरहेको से २ प १९९२ नम्बरको मोाटरसाईकल सालको ४२ रूखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते चालक भजनीका मकालु चौधरी  र पछाडि सवार घोडाघोडी नगरपालिका– ३ बस्ने ४२ वर्षीय जगतराम चौधरीको निसर्ग हस्पिटल धनगढीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनीहरू दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

clock आइतबार १३, साउन २०८१ ०७:३६

प्रतिक्रिया