दार्चुलामा प्रहरीकै अगाडी महिलाले महाकालीमा हाम फालेपछि......

  शनिबार १२, साउन २०८१ २१:१५

धनगढी । दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।

शनिबार दिउँसो सदरमुकाम खलंगास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई सम्झाई बुझाई गरेका थिए ।

तर नमानेपछि उनलाई समात्न प्रहरी गएका थिए । प्रहरी नजिकै पुगेका बेला कुँवरले नदीमा हाम फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार १२, साउन २०८१ २१:१५

प्रतिक्रिया