धनगढीको नोभा हस्पिटलमा तनाव, प्रहरीद्धारा ३ राउण्ड अश्रुग्यास प्रहार, दुई घाईते

  शनिबार १२, साउन २०८१ १३:१४

धनगढी । धनगढी नोभा हस्पिटलको लापरवाही गरेका कारण कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडीको भागका सिसा फुटेका छन् । 

तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारी बिच झडप हुदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाईतेको उपचार सारथी अस्पतामा उपचार भैरहेको छ ।

जन्डिसको समस्या लिएर ७ साउनमा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्यु भएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेको थियो तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै बहिष्कार गरेका थिए ।

सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।

clock शनिबार १२, साउन २०८१ १३:१४

प्रतिक्रिया