धनगढीको सरस्वती माविमा भएको गायन प्रतियोगितामा मातृका रेग्मी प्रथम

  शनिबार १२, साउन २०८१ ०८:२६

धनगढी । धनगढीको सरस्वती माविमा भएको गायन प्रतियोगितामा मातृका प्रसाद रेग्मीले प्रथम स्थान हासिल गरेका छन् ।

आज शुक्रबार धनगढी-७, मनेहरामा रहेको सरस्वती माविमा यार्ड धनगढीको आयोजनामा भएको गायन प्रतियोगितामा कक्षा–९ मा अध्ययनरत विद्यार्थी मातृका प्रसाद रेग्मी प्रथम भएका हुन् ।

‘यार्ड धनगढी’ले सरस्वती माविमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र वृहत यौनिकता शिक्षा विषयमा विद्यालयस्तरीय गायन प्रतियोगिताको आयोजना गरेको थियो ।

clock शनिबार १२, साउन २०८१ ०८:२६

प्रतिक्रिया