सुदूरपश्चिम सहित यी प्रदेशमा ठूलो वर्षाको  सम्भावना

  शनिबार १२, साउन २०८१ ०८:०२
फाइल तस्बिर

धनगढी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज देशका केही ठाउँहरुमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो बाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भरे राति पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्को भनाइ छ ।

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

clock शनिबार १२, साउन २०८१ ०८:०२

प्रतिक्रिया