पटक–पटक गुहार्दा पनि बिजुलीको तार छुने हाँगा काटिएन

  शुक्रबार ११, साउन २०८१ १५:३६

धनगढी । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले बिजुलीको तार छोएको रुखको हाँगा नकाटेको गुनासो गरिएको छ। धनगढी–१ शान्तिनगरका स्थानीयले धनगढी वितरण केन्द्रले तार छुने रुखको हाँगा नकाटेको गुनासो गरेका हुन्।

शान्तिनगर स्थित  नवदुर्गा मन्दिरमा रहेको पिपलको रुखले विद्युतको तार छोएको छ । जसले गर्दा बस्तीमा  जति बेला पनि विद्युतीय दुर्घटना हुन सक्ने जोखिम छ। तर, नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा पुगेर पटक(पटल आग्रह गर्दा पनि समस्या समाधान नभएको स्थानीय विकास पाठकको गुनासो छ।

धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहियारले रुखको हाँगा काट्न वनको अनुमति चाहिने भएकाले स्थानीयलाई अनुमति ल्याउन भनेको बताए। उनले रुख काट्न नपाउने भएकाले काम गर्न नसकेको बताए।

स्थानीयले भने वडा कार्यालय, नगरपालिका र विद्युत प्राधिकरण धाउँदासमेत पूरै बस्तीका लागि खतरा रहेको रुखको हाँगा हटाउने काम नभएको  गुनासो गरिएको छ।

clock शुक्रबार ११, साउन २०८१ १५:३६

प्रतिक्रिया