अटो मेकानिक्स ट्रेड युनियनले गर्‍यो  बिरुवा रोप्न ५० हजार सहयोग

  शुक्रबार ११, साउन २०८१ ०६:५०

धनगढी । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) धनगढीले धनगढी उपमहानगरपालिकालाई ५० हजार सहयोग गरेको छ। नाटुले हरियाली प्रवर्द्धन गर्न आर्थिक सहयोग गरेको हो।

धनगढीलाई पर्यावरण मैत्री बनाउने उपमहागरको योजनामा साथ दिँदै नाटु धनगढी नगर कमिटीले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा अटो मेकानिक्स श्रमिकबाट स्वस्फूर्त उठेको रकम २० वटा बिरुवा रोप्न सहयोग गरेको हो।

नाटु धनगढीका पदाधिकारीहरूले नगर प्रमुख गोपाल हमाललाई चेक हस्तान्तरण गरेका हुन्।

clock शुक्रबार ११, साउन २०८१ ०६:५०

प्रतिक्रिया