बाढीका कारण धनगढीको लल्लिपुरबाट सशस्त्र प्रहरी विस्थापित

  बिहिबार १०, साउन २०८१ १४:०२

धनगढी। सिमा सुरक्षा गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल सिमा क्षेत्रमा स्थापनाभएको भएपनि बाढीका कारण अहिले सोही क्षेत्रबाट बिस्थापित हुनु परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका १९ स्थित सीमामा तैनाथ शसस्त्र प्रहरी विस्थापित भएको छ । मोहन नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपि लल्लिपुर विस्थापित भएको हो । 

बिओपिमा लल्लिपुरमा सशस्त्र प्रहरी  नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा कार्यरत  टोली विस्थापित  हो । विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सिमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन  १८ गते स्थापना भएको बिओपि लल्लीपुर  गत असार २४ गते बिस्थापित भएको हो ।  

मोहना नदीको बाढीका कारण बिओपिको भवन  बगउन थालेका कारण बिओपि विस्थापित हुनुपरेको  हो । बढीले  प्रतीक्षालय, सेन्ट्रीपोष्ट र आँगन बगाई सकेको छ । बाढीका कारण करिब ३ करोडको नोक्सान  हुन थालेको  बिओपि ईन्जार्ज यज्ञराज भट्टराईले बताए । बिओपि लल्लिपुरबाट करिब तीन किलोमिटिर टाढाबाट सशस्त्र प्रहरीले सिमा क्षेत्रको गस्ती गरिरहेको  छ । 

बिओपि भवन बाढीका कारण जोखिममा परेपछि स्थानीयहरु  नयाँ विकल्पको खोजी समेत गर्न थालेका छन् । नदीले नबगाउने क्षेत्रमा  जमिन खोजेर  बिओपि स्थापनाको पहल गरिने धनगढी उपमहानगरपालिका  वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीले बताए ।

सरोकारवाला निकायसँग पटकपटक तटबन्धनको लागि माग गर्दा समेत कसैले सुनवाई नगरेको कारण जोखिम ब्यहोर्नु पर्नेको अध्यक्ष चौधरीको भनाई छ । उनले भने, “ सरोकारवाला निकायले ध्यान दिएन हामीले श्रमदान गरेर बोरामा बालुवा हालेर नदी रोक्ने प्रयास गरेपनि सफल भईएन् , बिओपि बचाउन सकिएन् ।”

मोहना नदी किनारमा रहेको नेपाल भारतको सात किलोमिटर सिमा रक्षा गर्न स्थापना भएको बिओपि लल्लीपुर स्थापना भएपछि सिमा क्षेत्रमा चोरी तस्करी समेत नियन्त्रणमा आएको स्थानीयको भनाई छ । यस अघि सो क्षेत्रबाट  दैनिक जसो  भारतिय सिमा क्षेत्रबाट नेपालीहरूको घरबाट चोरी हुने गरेको थियो ।

जिल्लाको एक सय पाँच किलोमिटर नेपाल भारत  सिमा क्षेत्रमा १९ स्थानमा सशस्त्र प्रहरी युनिट प्रहरी कार्यरत रहेको छ ।  सिमा क्षेत्रमा रहेका युनिट मध्य अन्य छ ओटा युनिट समेत डुबानको समस्यामा रहेको सशस्त्र प्रहरी बल नेपालका कैलाली प्रमुख एसपी  दलबहादुर पाण्डेले दिए ।  बिओपि लल्लिपुरको हकमा भने अन्य बैकल्पिक ब्यबस्था गरेने समेत एसपी पाण्डेको भनाई छ ।

clock बिहिबार १०, साउन २०८१ १४:०२

प्रतिक्रिया