सुदूरका ४ सहित १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग

  बिहिबार १०, साउन २०८१ ०९:५५

धनगढी । सुदूरपश्चिमका ४ सहित १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग गरिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरको विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको हो। आज एक सूचना जारी गर्दै कार्यालयले ३० दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। 

विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो।

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ। 

clock बिहिबार १०, साउन २०८१ ०९:५५

प्रतिक्रिया