दुर्घनाग्रस्त विमानमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्माचारी रहेको पुष्टि (सूचीसहित)

  बुधबार ०९, साउन २०८१ १२:५४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि भएको छ ।

दुर्घटनामा परेका १९ जनामध्ये ३ जना चालक दलका सदस्य रहेको बताइएको छ । ९ एनए एमई कलसाइनको उक्त जहाज आज बिहान करिब ११ बजे पोखरा जानेक्रममा विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको थियो ।

जाहजका क्याप्टेन मनिष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंलमा लगिएको बताइएको छ ।

No description available.

clock बुधबार ०९, साउन २०८१ १२:५४

प्रतिक्रिया