धनगढीबाट उडेका विमान भैरवाह र नेपालगञ्जमा आकस्मिक अवतरण

  बुधबार ०९, साउन २०८१ १२:५०

धनगढी । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि धनगढीबाट उडेका विमान पनि डाइभर्ट भएका छन् ।

धनगढी विमानस्थलबाट १० बजेर ५३ मिनेटमा काठमाडौैँका लागि उडेको बुद्ध एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

यस्तै साढे १० बजेपछि काठमडौँका लागि उडेको श्रीएयरलाइन्सको जहाज भैरवाह विमानस्थलमा अवतरण गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

जहाज दुर्घटनापछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ । जसका कारण उडानहरु प्रभावित भएका छन् । श्रीएयरलाइन्सले दिउँसो १ बजेर ५ मिनेटमा धनगढीबाट काठमाडौँ उडान रद्द गरेको छ ।

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो । ९ एन–एएमई जहाजमा १९ जना सवार थिए ।

clock बुधबार ०९, साउन २०८१ १२:५०

प्रतिक्रिया