बैतडीको युवक जनकको जापानमा नुहाउने क्रममा मृत्यु

  बुधबार ०९, साउन २०८१ १२:२९

धनगढी । बैतडीको पाटन नगरपालिका–३ का एक युवकको जापानमा मृत्यु भएको छ ।

पढाईको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको आफन्तले बताएका छन् । 

अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तले बताएका छन् । 

‘मंगलबार साथीहरुसँग नुहाउन समुद्री किनारमा गएका अबस्थीको त्यही डुबेर मृत्यु भएको खबर प्राप्त भएको आफन्तले बताएका छ।

लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ ।

clock बुधबार ०९, साउन २०८१ १२:२९

प्रतिक्रिया