अवरुद्घ भएको बझाङको जयपृथ्वी राजमार्ग ९ घण्टा पछि संचालनमा

  मङ्गलबार ०८, साउन २०८१ १४:५३

बझाङ  ।बझाङमा आज बिहानैदेखि अवरुद्घ भएको जयपृथ्वी राजमार्ग ९ घण्टा पछि सुचारू भएको छ ।

बित्थडचिर गाउँपालिका ४ बल्लेखोलामा बिहान ५ बजेको अबरुद्ध भएको राजमार्ग दिउसो २ बजे संचालनमा आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बित्थडचिर गाउँपालिका र सडक बिभागको स्काभेटरले सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारू हो ।

सडक अवरुद्घ भएपछि बाहिरी जिल्लाबाट भित्रीने र जिल्लाबाट बाहिरी जाने सवारीसाधन रोकिएका थिए । 

सडक सुचारु भएपछि रोकिएका सवारीसाधन आआफ्नो गन्तव्य तर्फ लागेका प्रहरीले जनाएको छ । सडक सुचारु भएपनि जोखिम भने कायमै रहेको प्रहरीले जनाएको  छ । 

पहिरो खसेको ठाउँमा माथिबाट फेरि पनि पहिरो जाने सम्भावना बढि भएकोले जोखिम रहेको हो । प्रहरीले यात्रा गर्दा सतर्कता अपनाउन सुझाव स्थानीय र सवारी चालकलाई सुझाव दिएको छ । विहान देखि अलपत्र रहेका यात्रू र सावारि साधन गन्तव्य तर्फ लागेको प्रहरिले जनाएको छ ।

clock मङ्गलबार ०८, साउन २०८१ १४:५३

प्रतिक्रिया