जेसिज सप्ताह अन्तरगत ३५ जनाले गरे रक्तदान

  मङ्गलबार ०८, साउन २०८१ १४:२९

धनगढी । पछिल्लो समय रगत चाहिने बिरामीलाई उपचारका लागि रगत पाउनै मुश्किल भैरहेको जानकारी पाएपछि धनगढी जेसिजले सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

जेसिजले धनगढी स्थित एसपीए कलेज परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्याक्रममा एसपीए कलेजका प्राचार्य योगराज उपाध्याय, कलेजमा अध्ययनरत विद्यार्थी, जेसिज सदस्य लगायत ३५ जनाले रक्तदान गरेको धनगढी जेसिजका रक्तदान कार्यक्रम संयोजन चन्द्रकान्त पनेरुले बताए ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोग र एसपीए कलेजको संयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउदै रक्तदान कार्यक्रममा ४ जना महिला र ३१ जना पुरुष गरि ३५ जनाले रक्तदान गरेको जेसिज सप्ताहका संयोजक तर्कराज भट्टले बताए । रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

रक्तदान कार्यक्रममा धनगढी जेसिजका अध्यक्ष अरुण सिंह, एसपीए कलेजका प्राधानाध्यापक योगराज उपाध्याय, सर्बाधिक रक्तादाता दीपक उपाध्याय, धनगढी जेसिजका निबर्तमान अध्यक्ष मोहन ओझा लगायतको उपस्थिति रहेको थियो ।

clock मङ्गलबार ०८, साउन २०८१ १४:२९

प्रतिक्रिया