धनगढीमा अस्पताल बनाउने भन्दै फुक्याएर चर्च निर्माण

  आइतबार ०६, साउन २०८१ २०:२८

धनगढी । धनगढीमा अस्पताल बनाउने भन्दै तयार पारिएको संरचनामा चर्च सञ्चालन भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल खोल्ने भन्दै बनाइएको भवनमा चर्च सञ्चालन भएको हो । 

भवन निर्माण भएको जग्गाधनी प्रभाकर भण्डारीसगं अस्पताल निर्माणका लागी सम्झौता गरिएपनि अन्तत चर्च सञ्चालन भएको हो । सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिइएपनि नेपाल लाइफ वर्ड मिसनले लेट मेइन धनगढी प्रा।लि नामक संस्था बनाएर चर्च सञ्चालन भएको हो ।

छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर चर्च सञ्चालन भएको भन्दै स्थानियले आपत्ति जनाएका हुन् । ‘इसाई धमावलम्बीको बसोबास नभएको समुदायमा झुक्याएर चर्च खोलिएको भन्दै स्थानिय आक्रोसित छन् । 

चर्च सञ्चालन बारे वडा अध्यक्ष मोती रानाले समेत स्पस्ट नभनेपछि झुट बोलेको भन्दै स्थानियहरु वडा अध्यक्ष रानासगंपनि आक्रोसित छन् । २०८१ बैशाख ६ गते ७ नम्बर वडा कार्यालयबाट सेमिनार र तालिम सञ्चालन गर्ने इजाजत लिएर असार १५ गतेबाट इसाई संगति लाग्न थालेको स्थानिय बताउँछन् । चर्चमा दुई जना दक्षिण कोरियाका नागरिक पनि धर्म प्रचार गर्न बसेको पाइएको छ । 

चर्चमा १० वर्षदेखि इसाईमा लागेकोदेखि भर्खरै इसाई स्वीकार गरेका व्यक्तिहरू समेत भेटिएका थिए । चर्च परिसरमै प्रदेश ३–०१–०२२ च ५६९२ नम्बरको कार पार्किङ गरिएको थियो। कारको अगाडिको सिसामा अस्पताल जनाउने अङ्ग्रेजी ‘एच’ लेखिएको लोगो टाँसिएको छ । इसाईको प्रचारमा आएका कोरियनहरूलाई गाउँ लैजाँदा सो गाडीको प्रयोग हुने गरेको छ ।

clock आइतबार ०६, साउन २०८१ २०:२८

प्रतिक्रिया