अलपत्र परेका महिलाहरुको धनगढी नगर प्रहरीबाट उद्दार

  आइतबार ०६, साउन २०८१ १६:११

धनगढी । कैलालीको खुटिया नदीमा पानीको बहाव बढेको छ।

धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँ शिवताल टोल नजिकका स्थानीय नदीमा पानीको बहाव बढेपछि समस्यामा परेका छन्।

खुटिया नदी पार गरेर आज ९आइतबार० बिहान भारततिर कामले गएका र घाँस काट्न गएका महिलाहरू नदीको जलस्तर बढेपछि अलपत्र समेत परेका थिए। 

नदीको जलस्तर बढेर अलपत्र परेका महिलाहरुको धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले उद्दार गरेको छ।

clock आइतबार ०६, साउन २०८१ १६:११

प्रतिक्रिया