धनगढीबाट दार्चुलाका एक व्यक्ति बेपत्ता

  आइतबार ०६, साउन २०८१ १४:५९

धनगढी । कैलालीको धनगढीबाट दार्चुला घर भएका एक प्रौढ व्यक्ति बेपत्ता भएका छन्।

धनगढी-३ बोराडाँडीबाट दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ पौतोली घर भएका ५५ वर्षीय मानबहादुर पाल बेपत्ता भएका हुन्। पाल साउन ५ गते बिहानदेखि बेपत्ता भएका हुन्।

गहुँ गोरो, अन्दाजी ५ फिट ११ इन्च उचाइ भएका पाल निलो क्याप, कालो भेस्ट र निलो पैजामा लगाएर रिचार्ड कार्ड किन्ने भन्दै घरबाट निस्केको र त्यसपछि नफर्केको आफन्तले बताएका छन्।

कपाल र दाडी सेतो भएका मानसिक समस्या समेत भएका पाललाई देख्ने जोकोहीले नजिकको प्रहरी या मोबाइल नम्बर ९८६८७०९३८८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

clock आइतबार ०६, साउन २०८१ १४:५९

प्रतिक्रिया