एनएमबि बैंकद्धारा दृष्टि फाउन्डेसनलाई सहयोग

  शुक्रबार ०४, साउन २०८१ १९:३१

धनगढी । धनगढीको एनएमबि बैंक चौराहा शाखाले धनगढीमै रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले फाउन्डेसनलाई लुगाधुने मेसिन (वासिङ मेसिन), मिक्चर,चामल,दाल लगायत ८० हजार बराबरका सामग्री सहयोग गरेको हो ।

उक्त सामग्री शुक्रबार एक कार्यक्रमका बीच सुदूरपश्चिम तथा कर्णाली प्रदेशका प्रदेश प्रमुख श्याम अधिकारी, क्षेत्रिय प्रबन्धक अमन जोशी,शाखा प्रबन्धक गोकर्ण बहादुर कार्की र व्यवसाय विकास प्रबन्धक रानु तिवारीले दृष्टि फउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई हस्तान्तरण गरेका छन । 

धनगढी उपमहानगरपालिका–१३ मा रहेको दृष्टि फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका महिला, यौन हिंसामा परेका, सहाराविहीन भएका र अन्य हिंसामा परेका ६५ जना महिलालाई फाउन्डेसनले आश्रय दिइरहेको छ ।

clock शुक्रबार ०४, साउन २०८१ १९:३१

प्रतिक्रिया