कैलालीको लम्कीचुहामा करेन्ट लागेर एक महिलाको मृत्यु

  बिहिबार ०३, साउन २०८१ ०८:१९

धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–२ बघनियाकी ४० वर्षीया लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो।  

जै सीले घरमा पोछा (सरसफाई) लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

clock बिहिबार ०३, साउन २०८१ ०८:१९

प्रतिक्रिया