सुदूरपश्चिमका तीन पालिकाले अझै ल्याएनन् बजेट

  बिहिबार ०३, साउन २०८१ ०७:३६

धनगढी । असार मसान्तभित्र बजेट ल्याउन नसक्ने सुदूरपश्चिमका तीन स्थानीय तहमा ‘बजेट होलिडे’ भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) र (५) अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा (६) बमोजिम असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

त्यसरी बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । अर्थात्, बजेट होलिडे हुन्छ । तर, सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका अनुसार आर्थिक वर्ष २०८१/८२ सुरु भइसक्दा पनि सुदूरपश्चिमका ३ गाउँपालिकाले बजेट ल्याउन नसकेको हो ।

सुदूरपश्चिमका ५४ गाउँपालिकामा अछामको तुर्माखाद गाउँपालिका, अछामकै रामारोशन गाउँपालिका र बझाङकोे बित्थडचिर गाउँपालिकाले असार मसान्त कट्दा पनि बजेट ल्याउन नसकेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेशका समन्वय अधिकृत नवराज उपाध्यायले यि तीन पालिकाले अझै बजेट ल्याउन नसकेको बताए ।

clock बिहिबार ०३, साउन २०८१ ०७:३६

प्रतिक्रिया