गत आर्थिक बर्षमा नवजिवन सहकारीको मुनाफा १७ करोड बढी

  बुधबार ०२, साउन २०८१ २०:५७

धनगढी । धनगढीमा मुख्य कार्यालय रहेको यस क्षेत्रकै ठुलो सहकारी संस्था नवजिवन सहकारीले गत आर्थिक बर्षमा १७ करोड बढी मुनाफा आर्जन गरेको छ । देशभर सहकारी सकंट तथा बैकंहरुमा समेत तरलता रहेका बेला नवजिवन सहकारीले भने १७ करोड १५ लाख खुद मुनाफा कमाएको छ । 

सहकारीले २०७९/८० मा १२ करोड ४८ लाख मुनाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षमा करिब ५ करोड मुनाफा बढाएर सहकारीले १७ करोड बढी पुगाएको हो । यस अवशरमा सम्पुर्ण सेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरुलाई सहकारी सञ्चालक समितिका अध्यक्ष देव बहादुर बमले धन्यवाद दिएका छन् । देशभरका सहकारी सकंटमा रहेका बेला नवजिवन थप उचाइमा पुग्न सफल भएकोमा उनले खुशी ब्यक्त गरे ।

संस्थाले ३० बर्ष पुरा गर्दासम्म ५० करोड अधिकृत पुजिं पुर्याएको छ । संस्थाले २०८० मा रहेको सेयर पुजिंलाई बढाएर ३० करोड ८० हजार चुक्ता सेयर पुजि पुगाएको छ । संस्थाका महाप्रबन्धक डम्बर गुरुका अनुसार जगेडा कोषमा मात्रै ४४ करोड ७६ लाख ७४ हजार रकम पुगेको छ । बजारमा तरलता संकुचन आएको बेला समेत सहकारीले आर्थिक बर्ष २०८०/८१ मा ५ अर्ब १ करोड ३९ लाख बढी निक्षेप संकलन गर्न सफल भएको छ । २०८०/८१ मा १ अर्ब ६७ करोड ७६ लाख ७७ हजार नगद तथा बैकं मौज्दात राखी तरलतामा कुनै कमी आउन दिएको छैन । 

संस्थाले २०८१ असार मसान्तसम्म करिब ४ अर्ब कर्जा प्रबाह गरेको छ । संस्थाको अन्य कोषमा ४ करोड २० लाख १ हजार जम्मा भएको छ । ६४ जना शेयर सदस्य सहित धनगढीमा प्रधान कार्यालय स्थापना गरेर सञ्चालन भएको नवजिवन सहकारीमा हालसम्म ३३ हजार बढी सेयर सदस्य छन् । देशभरी कार्यक्षेत्र रहेको यस संस्थाले हाल कैलाली, कञ्चनपुर र बर्दियामा गरी १० वटा सेवा केन्द्र मार्फत सेवा दिइरहेको छ । 

डडेल्धुरा र काठमाण्डौँमा समेत सेवा केन्द्र सञ्चालनका लागी संस्थाले अनुमती पाइसकेको छ । कैलाली जिल्लामा मात्रै सिमित बैकं तथा बित्तिय संस्थाहरु भएका बेला स्थापना भएको नवजिवनले हाल ४ दर्जन भन्दा बढी बैक तथा बित्तिय संस्था रहँदापनि आफ्नो पृथक पहिचानका साथ दरिलो उपस्थिती बनाएको छ । संस्थाले आफ्नो कारोबार सञ्चालनका लागी अत्याधुनिक बैकिंङ सप्टवेयर प्रयोग गर्नुका साथै एटिएम र मोवाइल बैकिंङ सेवाहरु समेत प्रदान गरिरहेको छ । 

संस्थाले प्रधान कार्यालय, धनगढी सेवा केन्द्र, टिकापुर सेवा केन्द्र, बासगढी, बर्दिया, अत्तरिया सेवा केन्द्रमा आफ्नै भवनबाट सेवा दिइरहेको छ, भने सुख्खड र जोशिपुर सेवा केन्द्रमा भवन निर्माणका लागी जमिन खरिद गरिसकिएको छ । संस्थाले कञ्चनपुरमा रहेको सुदुर नेपाल बचत तथा श्रृण सहकारी संस्था संग मर्जरको प्रकृया अगाडी बढाएर महेन्द्रनगरमा सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

clock बुधबार ०२, साउन २०८१ २०:५७

प्रतिक्रिया