धनगढीको सैपाल होटलका कामदारले छतबाट हाम फालेपछि ......

  बुधबार ०२, साउन २०८१ २०:५२

धनगढी । धनगढीमा एक युवकले होटेलको छतबाट हाम फालेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकमा रहेको खप्तड सैपाल होटल एण्ड लजमा काम गर्ने बैतडीको दशरथचन्द नगरपालिका-५ का २० वर्षीय हेमराज जोशीले गएराति पौने २ बजे छतबाट हाम फालेका हुन् । 

उनले मादक पदार्थ सेवन गरी सोही होटेलको एक तला माथिबाट हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले बताए ।

छतबाट हाम फालेर घाइते भएका जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।

clock बुधबार ०२, साउन २०८१ २०:५२

प्रतिक्रिया