कैलालीमा सर्पले डसेर दुई महिला घाइते

  बुधबार ०२, साउन २०८१ २०:४६

धनगढी । कैलालीमा सर्पले डसेर दुई महिला घाइते भएका छन्। जिल्लाको जोशीपुर गाउँपालिका–५ की ४० वर्षीया धन्सरा नेपाली सर्पले डसेर घाइते भएकी हुन। 

उनलाई घरनजिकै सर्पले डसेको होे। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। यस्तै लम्कीचुहा नगरपालिका–५ की ४१ वर्षीया अमृता आलेमगर पनि सर्पले डसेर घाइते भएकी छन्। 

उनलाई मंगलवार राति सुतेको बेला सर्पले डसेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। घाइते दुबै जनाको अवस्था गम्भीर रहेको छ।

clock बुधबार ०२, साउन २०८१ २०:४६

प्रतिक्रिया