अछाममा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको सडकमै मृत्यु

  मङ्गलबार ०१, साउन २०८१ २१:०३

अछाम । अछाममा हिँडिरहेका बेला भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका–३ की ३६ वर्षीया बसन्ती बोगटीको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । 

आज दिउँसो मंगलसेन–३ गाध्यभीर स्थित मंगलसेन(सुवाखांद बस्ति सडक खण्डमा जंगलबाट बाख्रा चराई घरतर्फ ल्याउने क्रममा सडक माथिको भिरबाट खसेको ढुंगा टाउकोमा लागि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । 

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

clock मङ्गलबार ०१, साउन २०८१ २१:०३

प्रतिक्रिया