बझाङमा बालिका करणी आरोपमा एक जना पक्राउ

  सोमबार ३१, असार २०८१ १६:२५

बझाङ । बझाङमा दुई बालिका करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका हुन। 

ती बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए। रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए।

clock सोमबार ३१, असार २०८१ १६:२५

प्रतिक्रिया